Literature

अभिशप्त पारीजात

मध्यरातमा तिमी फूल्छौँ
बिहानी सम्मको अन्धकार चिर्दै
सुगन्ध भर्दै,
जे कोहीले तिमीलाई
चुम्न पाउदैन,
जे कोहीले तिमीलाई
टिपेर सिउरीन पाउदैन
र,
जे कोहीले तिमीलाई
प्रेमोपहार बनाउन पाउदैन

तिमीलाई अभिशप्त भनौँ
या लज्जित छौँ तिमी
तिमी, फूल्न नपाई झरी सक्छौँ
झर्न नपाई मानव कुल्चनबाट ओईलीसक्छौँ
ओईली नसक्दै
तिम्रो अस्तित्व विलिन हुन्छ
भन , पारीजात,
तिमी पुष्प दर्जामा किन प¥यौ
ब्रहम्माले किन तिमीलाई
यसरी मध्यरातकी रानी बनायो
किन तिम्रो नाम पारीजात रहयो
म सम्झिन्छु
पारीजात भन्दाखेरी
तिमी पारी देशको जात हौ
या, भनौँ तिमी अन्य लोकको जात हौ
तिमी अन्य पुष्पहरु भन्दा भिन्न छौँ
क्षणिक फूल्छौ र झरीसक्छौँ
हम्रो मानव परिवेषको
यौवन झैँ 
स्त्रीहरु झैँ
र,
पुरुष विर्य स्खलन झैँ

8 comments:

  1. please put some idea on literature

    ReplyDelete
  2. दामी छ सारै दामी

    ReplyDelete
  3. येस्तै लेख्दै जानु भयो भने एक दिन अवस्य राम्रो लेखक बन्नु हुनेछ. हजुरलाई धेरै धेरै सुभकामना छ

    ReplyDelete
  4. हजुरको सब्द चयन एकदम राम्रो छ

    ReplyDelete
  5. dai tapai ko yo kabita sarai ramrao lagyo..

    ReplyDelete